काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर संसारले भोगिरहेको बताउनुभएको छ ।
शनिबार बिहान थापाथलीमा कान्तिपुर म्याराथनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर संसारले भोगिरहेकाले वातावरण जोगाउनु महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन संकटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन 'रन द कान्तिपुर हाफ म्याराथन २०२२' आयोजना गरेको हो ।
‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डा हल्लाएसँगै म्याराथन सुरु भएको हो ।