काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दैछन् ।
ट्रिनिडाड एन्ड टोबेगोमा हुने जमैका र सेन्ट लुसियाबीचको खेल नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको जमैका आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।
जमैका रोब्मन पावेलको कप्तानीमा मैदानमा उत्रने छ भने सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्नेछन् । तुलनात्मक रुपमा सेन्ट लुसियामाथि जमैका हाबी हुने देखिएको छ ।
जमैकाले सन्दीपलाई यसपटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि दुईपटक सिपिएल खेलिसकेका छन् ।
सन्दीप सिपिएल खेल्ने एकमात्र नेपाली खेलाडी हुन् ।