Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो छ आजको मौसमको पूर्वानुमान ?

कस्तो छ आजको मौसमको पूर्वानुमान ?

  • शुक्रवार, जेठ २० २०७९

  • 571
    SHARES

  • कस्तो छ आजको मौसमको पूर्वानुमान ?

    काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व९पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।


    शुक्रवार, जेठ २० २०७९०६:३१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij