Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तारा एयर दुर्घटना : एकै परिवारका सात जनाको अन्त्येष्टि 

तारा एयर दुर्घटना : एकै परिवारका सात जनाको अन्त्येष्टि 

  • बिहिवार, जेठ १९ २०७९

  • 518
    SHARES

  • तारा एयर दुर्घटना : एकै परिवारका सात जनाको अन्त्येष्टि 
    काठमाडौं । तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । 
     
    दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ,  राजन गोले,  इन्द्रबहादुर गोले,  राममाया गोले,  पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।
     
    शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । 
     
    स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको  धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो । 


    बिहिवार, जेठ १९ २०७९०३:००:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij