Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पहिरोमा पुरिएर कालीकोटमा चारजना बेपत्ता

पहिरोमा पुरिएर कालीकोटमा चारजना बेपत्ता

  • बुधवार, भाद्र ३ २०७७

  • 824
    SHARES

  • पहिरोमा पुरिएर कालीकोटमा चारजना बेपत्ता

    काठमाडौं । पहिरो पुरिएर कालीकोटमा चारजना बेपत्ता भएका छन् । नरहरीनाथ गाउँपालिका – ५ रुप्सामा गएराति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन् ।

    तुले सहकारी र धने सहकारीको रुप्सा लेकमा रहेको गोठ गएराति पहिरोले बगाउँदा चारजना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

    पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेका छन् ।

    बेपत्ताहरुको खोजी कार्य भइरहेको एसएसपी बास्तोलाले जानकारी दिनुभयो ।


    बुधवार, भाद्र ३ २०७७०३:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij