Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तारा एयरको जहाज दुर्घटनाका मृतकहरुको शव परिवारलाई जिम्मा लगाइने

तारा एयरको जहाज दुर्घटनाका मृतकहरुको शव परिवारलाई जिम्मा लगाइने

  • बिहिवार, जेठ १९ २०७९

  • 432
    SHARES

  • तारा एयरको जहाज दुर्घटनाका मृतकहरुको शव परिवारलाई जिम्मा लगाइने

    काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।

    शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम कार्य सकिएकोले शव पहिचान गरी आज परिवार तथा आफन्तजनलाई जिम्मा लगाउने तयारी छ। शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाउन लागिएको हो।

    आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो। यार्सागुम्बा खोज्न गएकाहरूले जहाज देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।

    चालक दलका ३ सदस्यसहित विमान दुर्घटनामा परेर २२ जनाको मृत्यु भएको थियो।


    बिहिवार, जेठ १९ २०७९०७:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij