Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

  • बिहिवार, जेठ १९ २०७९

  • 380
    SHARES

  • कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । प्रदेश १ र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित वर्षा भइरहेको छ।

    हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।

    बिहीबार प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    बिहिवार, जेठ १९ २०७९०६:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij