Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पोखरामा आमा र बच्चा मृत फेला, हत्याको आशंका

पोखरामा आमा र बच्चा मृत फेला, हत्याको आशंका

  • बुधवार, जेठ १८ २०७९

  • 543
    SHARES

  • पोखरामा आमा र बच्चा मृत फेला, हत्याको आशंका

    पोखरा । पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन्। घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ। यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

    भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ। श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभएको छ।

    ‘दुवै हत्या भएको पनि हुन सक्छ। वा बच्चाको हत्या र आमाको आत्महत्या पनि हुन सक्छ। जाहेरी परेको छ। हामी खोजी गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा अहिले व्याख्या गर्न मिल्ने स्थिति छैन।’ बच्चा भने कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ।


    बुधवार, जेठ १८ २०७९०९:३४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij