काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा चाबहिलस्थित गोपीकृष्ण हल धोबिखोला करिडोरसँग आबद्ध सडकमा खाल्डाखुल्डी मर्मत सम्भार गरिएको छ।
वर्षायाम सुरू भएसँगै सडकमा पानी जमेर सवारी साधन र पैदल यात्रुलाई समेत समस्या सिर्जना हुने गरेको स्थानीयको गुनासो आएपछि मन्त्री झाँक्रीले सडक मर्मतका लागि निर्देशन दिएकी थिइन् ।
मन्त्री झाँक्रीको निर्देशनलगत्तै धोबिखोला करिडोरसँग आबद्ध सडक तथा करिडोरको चाबहिल खण्डमा समेत मर्मत सम्भार गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर सज्जन कुँवरले जानकारी दिए। सडक मर्मत भएसँगै सवारी साधन र पैदल यात्रीलाई सहज भएको छ ।