नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा राख्ने ग्लालेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले तामाङलाई भगवान् पाउँबाट पक्राउ गरेको हो । सिआइबीले भिडियो इडिट गर्ने सञ्जय लामा, कोमल लोप्चन, भिडियोमा खेल्ने अरुन टिटुन, मोडल लवाङ तामाङ र एरेन्जर प्रयास दोङलाई पक्राउ गरेको जनाएको छ ।
भदौ १ गते मंगोलहोप अफिसियल नामको युट्युब च्यानलमा ‘देशद्रोही’ नाममा अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।
भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको छ । पृथ्वीनारायण शाह, बिपी कोइराला, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताको फोटो जलाइएकोसमेत भिडियोमा देख्न सकिन्छ ।
गीतमा आपत्तिजनक शब्दहरुको पनि प्रयोग गरिएको छ ।
पक्राउ लपरेकाहरुलाई मुलुकी अपराध संहिता–२०७४ जात, जाति सम्प्रदय वा वर्गको धार्मिक भावनामा आघात पु¥याउने कसुर गर्ने वा गराएको अभियोगमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।