Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तारा एयर दुर्घटनामा मृतक सबैको शव एकैपटक परिवारलाई बुझाइने

तारा एयर दुर्घटनामा मृतक सबैको शव एकैपटक परिवारलाई बुझाइने

  • बुधवार, जेठ १८ २०७९

  • 557
    SHARES

  • तारा एयर दुर्घटनामा  मृतक सबैको शव एकैपटक परिवारलाई बुझाइने

    काठमाडौं । तारा एयरको ९-एन-‘एईटी’  ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएका २२ जनाकै शव एकैपटक परिवारलाई बुझाइने भएको छ । दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यसहित २२ जनाको अहिले शव पोस्टमार्टम गरिँदैछ ।

    जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोस्टमार्टम भइरहेको छ । अहिलेसम्म गर्दासम्म १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिनुभएको छ।

    त्रिवि शिक्षण अस्पतालले प्रहरीको सहयोगमा शवलाई नम्बर अनुसार छुट्याएर पोस्टमार्टम गरिरहेको छ । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको शिक्षण अस्पतालका चिकित्सकले बताएका छन् । मंगलबार ८ वटा शव पोस्टमार्टम गरिएको थियो ।


    बुधवार, जेठ १८ २०७९०३:१६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij