Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पोखरा–जोमसोम फ्लाइट निगरानीका साथ उडान भर्नुपर्छ : पाइलट केबी लिम्बु

पोखरा–जोमसोम फ्लाइट निगरानीका साथ उडान भर्नुपर्छ : पाइलट केबी लिम्बु

  • बुधवार, जेठ १८ २०७९

  • 1.8K
    SHARES

  • पोखरा–जोमसोम फ्लाइट निगरानीका साथ उडान भर्नुपर्छ : पाइलट केबी लिम्बु

    काठमाडौं । मौसमका कारणले बढि जहाज दुर्घटना हुने पाइलट केबी लिम्बुले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले प्रि–मनसुनमा मौसम चाँडोचाँडो फेरबदल हुने र प्रकृतिसँग कोहि पनि लड्न नसक्ने भएकाले मौसम खराव हुँदा सुरक्षित भएर उडान भर्नुपर्ने उहाँको भनाइ छ ।

    यस्तै पाइलट लिम्बुले पोखरा–जोखसोम रुटको मौसम जोखिमपूर्ण भइरहने भएकाले उडान दिनमा ३ वटा र बिहान १० बजेसम्म मात्रै गर्दा दुर्घटनाबाट बच्न सकिने बताउनुभएको छ ।

    पोखरा–जोमसोम फ्लाइट निगरानीका साथ उडान भर्नुपर्ने उहाँको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने निर्णय गरेको छ ।

    यसै सन्दर्भमा पाइलट लिम्बुले नितिनियम राम्रा बन्ने तर कार्यान्वयन र अनुगमन त्यहि अनुसार नहुने भएकाले पनि जोखिमकाबीच उडान भर्नुपर्ने बाध्यात्मक अवस्था आएको गुनासो गर्नुभयो ।


    बुधवार, जेठ १८ २०७९०८:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij