Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नापी कार्यालय भैरहवाका अमिन घुससहित अख्तियारको फन्दामा

नापी कार्यालय भैरहवाका अमिन घुससहित अख्तियारको फन्दामा

  • मंगलवार, जेठ १७ २०७९

  • 316
    SHARES

  • नापी कार्यालय भैरहवाका अमिन घुससहित अख्तियारको फन्दामा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    सिद्धार्थनगर नगरपालिका १२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिदैगर्दा मंगलबार(आज) उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीहरूबाट घुस लिने गरेको भन्ने निवेदन र सूचनाका आधारमा अख्तियारले छापा मारेको बताउनुभयो । 

    अभियुक्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


    मंगलवार, जेठ १७ २०७९०१:४२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij