Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जहाज दुर्घटना : थप १ जनाको शव भेटियो

जहाज दुर्घटना : थप १ जनाको शव भेटियो

  • मंगलवार, जेठ १७ २०७९

  • 524
    SHARES

  • जहाज दुर्घटना : थप १ जनाको शव भेटियो

    काठमाडौँ । तारा एअरको जहाजमा परेर मृत्यु भएका सबैको शव फेला परेको छ ।

    मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा आइतबार दुर्घटनाग्रस्त भएको जहाजमा परेर मृत्यु भएका सबैको शव फेला परेको हो ।

    सोमबारसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिए । उनकाअनुसार खोँचमा अड्किरहेको अवस्थामा शव फेला परेको हो ।

    थासाङ९२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको डिएसपी दानीले बताए । दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ ।

    सबै शव कोबाङ पुर्‍याइएपछि आजै काठमाडौँ ल्याउने तयारी छ । सोमबार काठमाडौँ ल्याएका १० शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको थियो। शवहरू पोष्टमार्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ ।

     


    मंगलवार, जेठ १७ २०७९१०:४६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij