Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज देशभर पानी पर्ने सम्भावना

आज देशभर पानी पर्ने सम्भावना

  • मंगलवार, जेठ १७ २०७९

  • 722
    SHARES

  • आज देशभर पानी पर्ने सम्भावना

    काठमाडौं । आज सातै प्रदेशमा पानी पर्ने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ ।

    प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार बाँकी प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन, चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

    राति प्रदेश–१, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।


    मंगलवार, जेठ १७ २०७९०८:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij