Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पोखराबाट १० शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं उड्यो

पोखराबाट १० शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं उड्यो

  • सोमवार, जेठ १६ २०७९

  • 566
    SHARES

  • पोखराबाट १० शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं उड्यो
    काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ ।
     
    आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुँदा उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो ।
     
    मृत्यु भएकामध्ये पहिलो चरणमा १० जनाको शव लिएर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । 
     
    आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।


    सोमवार, जेठ १६ २०७९०६:४५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij