Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

विमान भेटिएको ठाउँमा पुग्यो सेनाको हेलिकप्टर, शव संकलन हुँदै

विमान भेटिएको ठाउँमा पुग्यो सेनाको हेलिकप्टर, शव संकलन हुँदै

  • सोमवार, जेठ १६ २०७९

  • 276
    SHARES

  • विमान भेटिएको ठाउँमा पुग्यो सेनाको हेलिकप्टर, शव संकलन हुँदै

    काठमाडौं । पोखराबाट जोमसोम जाने क्रममा आइतबारदेखि बेपत्ता भएको तारा एयरको विमान भेटिएको स्थलमा प्रहरी र सेनाको टोली पुगेको छ। हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको हो ।

    यार्सा टिप्न पुगेको टोलीले विमान देखेपछि फोटोसहित सुरक्षाकर्मीलाई खबर गरेका थिए। लगत्तै, नेपाल प्रहरी, सेना लगायतको टोली त्यहाँ पुगेको हो ।

    मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरी हिमशृङखलाको फेदमा विमान भेटिएको खबर यार्सा टिप्न जानेहरुले सुरक्षाकर्मीलाई गराएका थिए। अहिले त्यहाँ छरिएर रहेका शवहरु संकलनको काम जारी छ।

    हाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।


    सोमवार, जेठ १६ २०७९०९:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij