Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सम्पर्कविहीन तारा एयरको जहाजको खोजी बिहानैबाट सुरु

सम्पर्कविहीन तारा एयरको जहाजको खोजी बिहानैबाट सुरु

  • सोमवार, जेठ १६ २०७९

  • 400
    SHARES

  • सम्पर्कविहीन तारा एयरको जहाजको खोजी बिहानैबाट सुरु

    काठमाडौं । आइतबारदेखि हराइरहेको को जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको छ ।

    आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।

    यद्यपि मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभएको छ ।

     


    सोमवार, जेठ १६ २०७९०७:३९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij