Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अपटेडः तारा एअरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त

अपटेडः तारा एअरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त

  • आइतवार, जेठ १५ २०७९

  • 1.2K
    SHARES

  • अपटेडः तारा एअरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त

    काठमाडौं । तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गर्नुभएको छ ।

    उहाँले मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी दिनुभएको छ ।

    तारा एअरको नाइन एन एईटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए ।

    बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो ।


    आइतवार, जेठ १५ २०७९०१:०६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij