महोत्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । महोत्तरीमा गौशाला नगरपालिका—४ बिर्ताका एक र बलबा नगरपालिका—१० का एक जना गरि दुई बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गौशाला नगरपालिका—४ बिर्ताका अर्जुन राउत कुर्मीकी ५ वर्षीया छोरी निसानी र बलबा नगरमा—१० धमौरा बस्ने रविन्द्र ठाकुरका ९ वर्षीय छोरा राहुल ठाकुर रहेको प्रहरीले जनाएको छ ।
आज दिँउसो घरनजिकै रहेको पोखारीमा नुहाउने क्रममा डुबेर निसानीको मृत्यु भएको हो भने सोमवार साँझ घरको छेउँमै रहेको पोखरीमा नुहाउने क्रममा राहुलको मृत्यु भएको थियो ।