काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रारम्भिक जानकारी छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको प्रारम्भिक जानकारी छ र थप विवरण आउन बाँकी रहेको जानकारी दिनुभएको छ ।
स्थानीयकाले जहाजमा आगो बलेको र ठूलो आवाज आएको भन्दै खबर गरेको प्रजिअ रानाले बताउनुभयो ।
सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १९ जना यात्रु र चालक दलका तीनजना सवार रहेको खुलेको छ।
बिहान ९:५५ बजे पोखराबाट जोमसोम उडेको नाइन एन एईटी कलसाइन भएको ट्वीनअटर जहाजमा दुई जर्मन, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको खुलेको हो।
क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा उडेको उक्त जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।