Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सम्पर्कविहीन तारा एयरमा सवार सबै यात्रुको पहिचान खुल्यो

सम्पर्कविहीन तारा एयरमा सवार सबै यात्रुको पहिचान खुल्यो

  • आइतवार, जेठ १५ २०७९

  • 716
    SHARES

  • सम्पर्कविहीन तारा एयरमा सवार सबै यात्रुको पहिचान खुल्यो

    काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । 

    स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताउनुभयो ।

    तारा एयरको उक्त जहाज पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो ।सम्पर्क विहिन बनेको तारा एयरको विमानमा कोको थिए भन्ने पहिचान खुलेको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्यहरु थिए ।

    चालक दलका सदस्यहरुमा विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य इस्सव पोखरेल थिए ।

    यी हुन् जहाजमा सवार २२ जना । 

    चालक दलको सदस्यहरु :

    १. क्याप्टेन प्रभाकर घिमिरे

    २. उत्सव पोखरेल

    ३. एयर होस्टेज क्रिष्टी

    यात्रुहरु

    १. वाजभवी बन्देकर
    २. इन्द्र बहादुर गोले 
    ३. पुरुषोत्तम गोले
    ४. राजनकुमार गोले 
    ५. माइक ग्रीट ग्रेफ
    ६. बसन्त लामा
    ७. गणेश नारायण श्रेष्ठ
    ८. रविना श्रेष्ठ
    ९. रश्मि श्रेष्ठ
    १०. रोजिना श्रेष्ठ
    ११. प्रकाश सुनुवार
    १२. मकर बहादुर तामाङ
    १३. राममाया तामाङ
    १४. सुकुमाया तामाङ
    १५. तुलसा देवी तामाङ
    १६. अशोककुमार त्रिपाठी
    १७. धनुष त्रिपाठी
    १८. रितीका त्रिपाठी
    १९.युअइ विलिनर

    281722472_836341190674689_1613944781221001278_n.jpg
     


    आइतवार, जेठ १५ २०७९११:३७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij