काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेरको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार तारा एयरको नाइन एन अल्फा इपो टेंगोको विमान सम्पर्कविहीन भएको हो ।
चालक दलका ३ जना, दुई विदेशीसहित १७ जना यात्रु गरेर विमानमा २२ जना सवार रहेको पुष्टि भएको छ ।
विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।