Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

  • आइतवार, जेठ १५ २०७९

  • 223
    SHARES

  • आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा स्थानीय, भारतको  उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।  बिहान बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    सोमबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ । 


    आइतवार, जेठ १५ २०७९०८:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij