Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२२ बोरा गुणस्तरहीन कुखुराको मासु बरामदपछि नष्ट

२२ बोरा गुणस्तरहीन कुखुराको मासु बरामदपछि नष्ट

  • मंगलवार, भाद्र २ २०७७

  • 984
    SHARES

  • २२ बोरा गुणस्तरहीन कुखुराको मासु बरामदपछि नष्ट

    काठमाडौंको भीमसेनगोलामा रहेको बिएण्डबी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरिएको छ ।

    गुणस्तरहीन मासु बिक्रीको आरोपमा मिट मार्टलाई वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ । विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरीक्षण गरेको थियो ।

    मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले जानकारी दिनुभयो ।

    प्रहरीले आज कुखुरा नष्ट गरेको र कालोबजारी ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारवाही अघि बढाउने निर्देशक मिश्रले बताउनुभयो ।


    मंगलवार, भाद्र २ २०७७०५:४३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij