Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एकजना पक्राउ

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एकजना पक्राउ

  • मंगलवार, भाद्र २ २०७७

  • 1.6K
    SHARES

  • राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एकजना पक्राउ

    नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बूलाई पक्राउ गरिएको हो ।

    ललितपुरको नखिपोट घर भएका इशाकले सो भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए । सो समूहका अन्य चारजना फरार रहेको र उनीहरुको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।

    मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो ।

    नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

     


    मंगलवार, भाद्र २ २०७७०४:१६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij