Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मुस्लिम धर्म अनुसार गरियो कोरोनाले मृत्यु भएकाको अन्तिम संंस्कार

मुस्लिम धर्म अनुसार गरियो कोरोनाले मृत्यु भएकाको अन्तिम संंस्कार

  • मंगलवार, भाद्र २ २०७७

  • 849
    SHARES

  • मुस्लिम धर्म अनुसार गरियो कोरोनाले मृत्यु भएकाको अन्तिम संंस्कार
    भिष्म लोध, बाँके । कोरोनाका कारण मृत्यु भएका बाँकेका एक ६२ वर्षीय पुरुषको मंगलबार अन्तिम संस्कार गरिएको छ ।
     
    उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं–५ का ६२ वर्षिय एक पुरुषको मंगलबार कब्रस्तानमा मुस्लिम समुदाय अनुसार अन्तिम संस्कार गरिएको हो ।
     
    मंगलवार दिउँसो बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वको टोलीमा नेपाली सेना लगायतको उपस्थितिमा नेपालगञ्जको कब्रिस्तानमा (जनाजाको नमाज) पढेपछि सेनाको सलामी दिएर अन्तिम संस्कार गरिएको छ ।
     
    मृतक पुरुष जडिबुटी व्यवसायी हुन् । अन्तिम संस्कार धर्म अनुसार गर्न दिएकोमा कब्रिस्तानका अध्यक्ष, जडिबुटी व्यवसायी संघका अध्यक्ष, तथा प्रदेश–५ का माननीय सभासद मोहम्मद याकुब अन्सारीले प्रजिअ कुरुम्वाङ, प्रमुख सेनानी नहकुल थापा, नेपाल प्रहरीका प्रमुख लगायतको टोलीलाई सम्मान व्यक्त गर्नुभयो।
     
    मृतक पुरुषको भदौ १ गते सोमबार दिउँसो ३ बजे कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो भने सोमबार राति ११ः४० बजे अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कोरोना बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
     
    ६२ वर्षीय पुरुषको दुबै फोक्सोमा निमोनिया संक्रमण भएको थियो । गत साउन ३० गते कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए ।
     
    उनको ३२ गते नै स्वाब लिएर कोरोना परिक्षणको लागि पठाईएको थियो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका–५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।


    मंगलवार, भाद्र २ २०७७०३:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij