नेपाली राष्ट्रियता र जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएको छ ।
'देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट आज अपलोड भएको हो । गीतका शब्दहरु निकै नै आपत्तिजनक छन् ।
म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्य समावेश गरिएको छ । साथै, पृथ्वीनारायण शाह, बिपी कोइराला, ज्ञानेन्द्र शाह, पुष्पकमल दाहाल प्रचण्डलगायतको तस्बिरसमेत जलाइएको भिडियोमा देख्न सकिन्छ ।
युट्युबमा भिडियो अपलोड गरेलगत्तै धेरैले यसप्रति आपत्ति जनाएका छन् । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् ।
गीत ¥याप जनरामा गाइएको छ । गीतको शब्द रचनाकारमा ¥यापर मंगोल ग्याल्ज ली एन्ड एटिएम उल्लेख छ ।
कसले के प्रयोजनका लागि यो गीत बनायो अहिलेसम्म खुलेको छैन । यद्यपि, यो गीत गाउनेलाई तत्काल कारवाही गर्न प्रहरीलाई अधिकांशले आग्रह गरेका छन् ।
यसैबीच, आपत्तिजनक गीत र भिडियोबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।