Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा आज मात्रै थप ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा आज मात्रै थप ५ जनाको मृत्यु

  • मंगलवार, भाद्र २ २०७७

  • 1.1K
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा आज मात्रै थप ५ जनाको मृत्यु


    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज मात्रै थप ५ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा परासी, बाँके तनहुँ, धुलिखेल र पोखराका एक–एक जना रहेका छन् । आज बिहान परासीमा कोरोना संक्रमणका कारण नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ ।

    यस्तै पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभएको छ ।

    उता, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

    यसैगरी, धुलिखेल अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेल निवासी ९८ वर्षीय वृद्धको गयराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्रकारले जानकारी दिनुभयो ।

    उता, कोरोना संक्रमणले बाँकेमा थप एकजनाको मृत्यु भएको छ । निमोनियाबाट ग्रसित नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमण कारण मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।


    मंगलवार, भाद्र २ २०७७०२:१५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij