Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नागढुंगा सुरुङमार्गको म्याद थप, अर्को असारमा मात्रै निर्माण सक्ने

नागढुंगा सुरुङमार्गको म्याद थप, अर्को असारमा मात्रै निर्माण सक्ने

  • बिहिवार, जेठ १२ २०७९

  • 741
    SHARES

  • नागढुंगा सुरुङमार्गको म्याद थप, अर्को असारमा मात्रै निर्माण सक्ने
    काठमडौं । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन (करिब तीन महिना) थपिएको छ।
     
    कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो। जापानी कम्पनी हाज्माले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। तर आयोजना कार्यालयले ८६ दिन थप गर्ने भएको हो। 
     
    लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। 
     
    यसको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। शाक्यका अनुसार हालसम्म सुरुङ खन्ने काम ५२ प्रतिशत सकिएको छ। अन्य संरचनासमेतको समग्र भौतिक प्रगति भने साढे ३६ प्रतिशत पुगेको उनले बताए।
     
    आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ८८ मिटर छ। हालसम्म एक हजार दुई सय मिटरभन्दा बढी काम सकिएको छ। 'इभ्याकुएसन' सुरुङ दुई हजार पाँच सय ५७ मिटर खन्नुपर्नेमा एक हजार चार सय १९ मिटर काम भइसकेको छ। 
     
    क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ। एक सय २६ मिटर वर्किङ अडिटको काम सकिएको आयोजनाको भनाइ छ। 
     
    त्यस्तै, तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, दुई वटा ओभरपास, फ्लाइओभर लगायत करिब १२ वटा अन्य भौतिक संरचना निर्माण गर्नुपर्नेमा हाल १० वटा बनिसकेको शाक्यले जानकारी दिए। अब फ्लाइओभर र अन्डरपास निर्माणको काम बाँकी छ। 


    बिहिवार, जेठ १२ २०७९०३:५४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij