Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई युवती घाइते

गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई युवती घाइते

  • मंगलवार, भाद्र २ २०७७

  • 1.4K
    SHARES

  • गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई युवती घाइते

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

    आज बिहान सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

    दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका–१ की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएका छन् ।

    घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ ।


    मंगलवार, भाद्र २ २०७७०१:३९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij