काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा दुई हजार दुई सयले बृद्धि भएको छ ।
सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोवार भएको सुनको मूल्य आज बृद्धि भइ प्रतितोला सुन एक लाख चार सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य ९९ सय हजार ९ सय रहेको छ ।
आज चाँदीको मूल्य १ हजार तीन सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार भने सुनको मूल्य घटेको थियो । आइतबार तोलाको ९८ हजारमा कारोबार भएको सुन सोमबार दुई सय रुपैयाँले घटेको थियो ।