Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कर्णाली राजमार्गमा बस दुर्घटना, ४ को मृत्यु, ३३ घाइते

कर्णाली राजमार्गमा बस दुर्घटना, ४ को मृत्यु, ३३ घाइते

  • बुधवार, जेठ ११ २०७९

  • 451
    SHARES

  • कर्णाली राजमार्गमा बस दुर्घटना, ४ को मृत्यु, ३३ घाइते

    सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना।२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परि ४ जनाको मृत्यु भएको र अन्य ३३ जना घाइते भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए । दुर्घटना भएको बस कर्णाली नदीको तिरमा रहेको र  रातिको समय भएकाले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिएका छन्।

    'राकमबाट उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुन्थ्यो', उपाध्यायले भने ।

    प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । उनले दैलेख, दुल्लु, आठविस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     


    बुधवार, जेठ ११ २०७९०९:४३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij