Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मोरङमा श्रीमतीको हत्या गरेर फरार रहेका एक जना पक्राउ

मोरङमा श्रीमतीको हत्या गरेर फरार रहेका एक जना पक्राउ

  • बुधवार, जेठ ११ २०७९

  • 314
    SHARES

  • मोरङमा श्रीमतीको हत्या गरेर फरार रहेका एक जना पक्राउ

    मोरङ । मोरङको जहदा गाउँपालिका९२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।

    हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

    आरोपीलाई जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।


    बुधवार, जेठ ११ २०७९०९:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij