Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अछाम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु, २४ घाइते

अछाम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु, २४ घाइते

  • बुधवार, जेठ ११ २०७९

  • 295
    SHARES

  • अछाम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु, २४ घाइते

    अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

    पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमालाको मृत्यु भएको जल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

    यसअघि उक्त दुर्घटनमा परि घटनास्थलमै ४४ वर्षीय अमर धमालाको मृत्यु भएको थियो। बुधबार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परेर २४ जना घाइते भएका छन्। घाइते भएका मध्ये १ को अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेका छन् ।

    अवस्था गम्भीर रहेका तारा धमालालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । २० बर्ष पहिले कुष्ठिरोग लागेर मृतकका बुवा गौरीकान्त धमालाको मुत्यु भएको थियो । बुवा गौरीकान्त धमालाको पुत्ला दाहासंस्कारको लागि मलामि लिएर जाने क्रममा ट्याक्टरको ट्रालि पल्टिेर ट्याक्टर दुर्घटना भएका जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मृत्यु हुने धमाला दाजुभाइ हुन् ।


    बुधवार, जेठ ११ २०७९०८:४६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij