Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पुण्य गौतम आमरण अनशनमा

पुण्य गौतम आमरण अनशनमा

  • बुधवार, जेठ ११ २०७९

  • 1.0K
    SHARES

  • पुण्य गौतम आमरण अनशनमा

    काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पुण्य गौतम विभिन्न चार बुँदे माग राख्दै आमरण अनशन बस्ने भएका छन् । जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताएका छन् ।

    गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन् । सुरुको चरणमा उनलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने भएका छन्।

    आफू आमरण अनशन बस्ने र अरूले रिले अनशन बसेर साथ दिन सक्ने गौतमले बताए । पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने गौतमको पहिलो माग छ । दोस्रो बुँदामा उनले नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राखेका छन् ।

    त्यस्तै सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने पनि गौतमको माग रहेको छ ।


    बुधवार, जेठ ११ २०७९०५:२५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij