Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २४ घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २४ घाइते

  • बुधवार, जेठ ११ २०७९

  • 237
    SHARES

  • अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २४ घाइते

    अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । 

    जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । 

    हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । 

     


    बुधवार, जेठ ११ २०७९०४:०९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij