काठमाडौँ – तीज पर्वका नाममा अपाच्य शब्द प्रयोग गरेर बजारमा ल्याइएका गीतहरु नसच्याए कालोसूचीमा राख्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चेतावनीपछि १० वटा गीतका निर्माण पक्षले आ–आफ्ना गीतहरु सच्याएका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले एक विज्ञप्ति जारी गर्दै १० वटा गीतका सर्जकहरुले आ–आफ्ना गीतहरु सच्याएको जानकारी दिएको छ।
प्रतिष्ठानका अनुसार यसरी शुद्धिकरण गरिएका गीतहरुमा दुर्गेश थापाको बिच्चबिच्चमा–३ (बेसार) देखि सुनिल लामिछानेको साडी माथि सार लगायत छन् ।
यस्तै प्रनिल तामाङ्गको उत्ताने पारेर, जय देवकोटाको मात चढ्यो, शंकर घिमिरेको फरिया उचाली, पुरुषोत्तम भण्डारीको श्रीमती काण्ड, ढाकाराम पौडेलको छोटो लुगा गीतपनि शुद्धिकरण गरिएको प्रतिष्ठानले जनाएको छ।
यस्तै बलु बिसी र दिनेश डाँगीको हाल कान्छा हाल, ज्योति मगर र तिलक ओलीको मुत्ने गरी हान र प्रेम सापकोटाको गिलास ठोक्याउने गीतका शब्दहरु पनि शुद्धिकरण गरिएका छन्।
दुर्गेश थापाको बिच्च बिच्चमा–३ (बेसार) र प्रेम सापको टा (सानु) को गिलास ठोक्काउने बोलका गीतहरु प्राविधिक समस्याका कारण युट्युबबाट हटाउन असहज र पुरै च्यानललाई नै अप्ठ्यारो पर्ने हुँदा दुवै गीतका सम्पूर्ण पक्ष(अडियो/भिडियो) ले लिखित माफी मागिसकेको र आउने दिनहरुमा यस्ता गल्तीहरु नदोहो¥याउने प्रतिबद्धता जाहेर गरेको हुनाले उनीहरुको माफीलाई संस्थाको नैतिक अधिकारलाई आत्मसाथ गर्दै कानुनी प्रक्रियाको लागि रजिष्टारमा पठाउने निर्णय गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।
केही गीतहरुको लिखित रुपमा माफी पत्र बुझाएको र केही गीतहरुले प्रतिष्ठानको अनुरोधलाई अस्वीकार गरी शुद्धिकरण गर्न नमानेको अवस्था रहेकोले यसरी प्रतिष्ठानको अनुरोधलाई अस्वीकार गरी शुद्धिकरण गर्न नमानेका त्यस्ता गीतहरुलाई संस्थागत कारबाही गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र महासचिव सुवास केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शुद्धिकरण हुनु अगाडि सम्बन्धित व्यक्तिको नाम शुद्धिकरण गराईसकेपछि
१. साडी माथि सार सुनिल लामिछाने सिउँदोको सिन्दुर
२. उत्ताने पारेर प्रनिल तामाङ्ग साइली रोयो
३. मात चढ्यो जय देवकोटा खरि झरे झर्ला
४. फरिया उचाली शंकर घिमिरे हाम्रो तीज हामी नेपाली
५. श्रीमती काण्ड पुर्खे बा (पुरुषोत्तम भण्डारी) श्रीमान् श्रीमती झगडा
६. छोटो लुगा ढाकाराम पौडेल छोटो लुगा(थम्बेल परिवर्तन)
७. हाल कान्छा हाल बलु बि.सी/दिनेश डाँगी सिठ्ठी हाल
८. मुत्ने गरी हान् ज्योति मगर/तिलक ओली भ्रष्टचारीलाई हान्
९. गिलास ठोक्काउने प्रेम सापकोटा (सानु)
१०. बिच्च बिच्चमा–३ (बेसार) दुर्गेश थापा
