काठमाडौं - अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजीरा एयरको विमानले अहिले उडान भर्दै छ ।
काठमाडौंबाट गएको प्राविधिकको टोलीले चेकजाँच गरी प्रतिवेदन दिएपछि विमानले उडान भरिरहेको भैरहवा विमान स्थलका प्रमुख गोविन्द दाहालले बताए ।
यसअघि राति अवतरणको क्रममा जजीरा एयरलाइन्ससँग चरा ठोकिएको थियो । विमानको नोज र इन्जिन नजिक रगत देखिए पछि काठमाडौंबाट प्राविधिक गएका थिए । जजिराले भैरहवामा हप्तामा तीन दिन उडान गर्ने तालिका राखेको छ ।