Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिनुपर्छ’

‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिनुपर्छ’

  • सोमवार, भाद्र १ २०७७

  • 1.8K
    SHARES

  • ‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिनुपर्छ’

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिन माग गरिएको छ । नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकालका लागिसमेत निरन्तरता दिन माग गरेको हो ।

    नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिन माग गर्नुभयो । घिसिङको नेतृत्वमा पछिल्लो चार वर्ष प्राधिकरणले ठूलो प्रगति हासिल गरेको बताउँदै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।

    ‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दाको अवस्थामा चार वर्षअघि प्राधिकरणको ड्रेस लगाएर हिँड्नसमेत नसक्ने अवस्था थियो’, उहाँले भन्नुभयो’, ‘घिसिङले त्यसलाई सुधार गरेकाले अहिले प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाएर हिँड्नसक्ने अवस्था बनेको छ ।’

    घिसिङकै नेतृत्वमा लोकसेडिङ हटाउन सम्भव भएकाले सरकारले यसको मूल्यांकन गर्ने अध्यक्ष पौडेलको विश्वास छ ।

    कार्यकारी निर्देशक घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।


    सोमवार, भाद्र १ २०७७०४:५७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij