Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बुटवलमा १२ वर्षकी बालिका बलात्कृत

बुटवलमा १२ वर्षकी बालिका बलात्कृत

  • सोमवार, जेठ ९ २०७९

  • 469
    SHARES

  • बुटवलमा १२ वर्षकी बालिका बलात्कृत

    काठमाडौं - रुपन्देहीको बुटवलमा १२ बर्सिया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ बर्सिया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

    मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल–११ देवीनगरस्थित रङ्गशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले रङ्गशालानजिकै तिनाउ नदीको किनारबाट बलात्कारमा संलग्न पुरुषलाई पक्राउ गरिएको जानकारी दिए।

    बुटवल उपमहानगरपालिका ११ रङ्गशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ नै घटनास्थलबाटै  पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको  केसीले बताए।

    उनका अनुसार पक्राउ परेका ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको स्वीकारेका छन्। आइतबार साँझ बालिका चिच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी अभिभावकको साथमा घर पठाइएको केसीले जानकारी दिए।


    सोमवार, जेठ ९ २०७९०५:२१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij