Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

  • सोमवार, जेठ ९ २०७९

  • 467
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गररेपछि क्रान्तिकारीले फिर्ता लिन माग गरेको हो ।

    आज मध्यरातिदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिण्डिर रु। २०० रुपैयाँ बढाएको छ ।

    “स्थानीय तहको निर्वाचन सक्दा–नसक्दै सरकारले दुई पटक इन्धनको मूल्यवृद्धि गरी आम जनताको ढाड सेक्ने काम गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “महामारीजस्ता विभिन्न विपद्बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको छ ।”


    सोमवार, जेठ ९ २०७९११:२१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij