काडमाडौं । सुनको मुल्य आज पनि घटेको छ । आइतबारको तोलाको ९८ हजारमा कारोबार भएको सुन आज (सोमबार) तोलामा २ सय रुपैयाँले घटेको हो । आजका लागी छापावल सुनको मुल्य प्रति तोला ९८ हजार २ सय कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि गत शुक्रबारको तुलनामा २ सय रुपैयाँले नै घटेर ९८ हजार ४ सय कायम भएको थियो ।
तेजाबी सुनको मुल्यमा पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा पुगेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आइतबार तोलाको १३ सय २५ मा कारोबार भएको चाँदी आज (सोमबार) १३ सय १५ मूल्य कायम भएको महासंघले जनाएको छ ।