Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

  • सोमवार, भाद्र १ २०७७

  • 1.2K
    SHARES

  • कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

    काठमाडौं । धनुषामा कोरोना कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ पुगेको हो । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।


    सोमवार, भाद्र १ २०७७०२:४६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij