Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१ लाख ३५ हजार भाडा तिरेर हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

१ लाख ३५ हजार भाडा तिरेर हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

  • शनिवार, जेठ ७ २०७९

  • 503
    SHARES

  • १ लाख ३५ हजार भाडा तिरेर हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

    काठमाडौं- बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका-५ नेप्का ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।

    तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको आफन्त जसिलाल तामाङले जानकारी दिए ।

    बिरामीको शरीर सुन्निएर श्श्वास प्रश्वासमा समस्या भएको र गाउँमा गतिलो स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त तामाङले बताए ।

    ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाइ छ।


    शनिवार, जेठ ७ २०७९०१:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij