Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बलात्कारमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन

बलात्कारमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन

न्याय माग्दै लगातार दोस्रो दिन प्रदर्शन
  • शनिवार, जेठ ७ २०७९

  • 549
    SHARES

  • बलात्कारमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन

    काठमाडौं । बलात्कार र घरेलु हिंसाका घटना बढेको भन्दै नागरिक युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन गरिएको हो ।

    ‘बलात्कारी होस् तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

    बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ । बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै उनीहरुले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

    एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेकी थिइन् ।

    त्यसको विरोधमा हिजो पनि प्रधानमन्त्रीनिवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो भने संघीय संसद् प्रतिनिधि सभाका सांसदहरुले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।


    शनिवार, जेठ ७ २०७९०१:२४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij