Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा ओल्के पर्व मनाइदै

सुदूरपश्चिममा ओल्के पर्व मनाइदै

  • सोमवार, भाद्र १ २०७७

  • 1.7K
    SHARES

  • सुदूरपश्चिममा  ओल्के पर्व मनाइदै

    सुदूरपश्चिमका पहाडी समुदायले आज ओल्के पर्व मनाउँदै छन् । प्रत्येक वर्षको भदौ १ गतेका दिन मनाइने यो पर्वमा आफ्ना आफन्तहरूलाई सम्मान स्वरुप कोशेली तथा उपहार सहित ढोग भेट गर्न जाने चलन रहेको छ । यो पर्वमा विशेषगरी ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिऊ, गूड, पक्वान आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ ।

    पछिल्लो समयमा लुगाकपडा, रुपैयाँ पैसा वा यस्तै अन्य उपहार समेत दिने प्रचलन बढ्दै गएको छ । यसका अतिरिक्त ईष्टकुल देवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को समेत न्वागीका रुपमा चढाइन्छ । त्यस्तै, गाउँका गोठालो जाने केटाकेटीहरुले रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाई बुढी हाल्ने गर्दछन् र त्यसलाई असोज संक्रान्तिको साँझ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा पनि रहेको छ ।


    सोमवार, भाद्र १ २०७७०२:०१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij