एजेन्सी । युरोपा लिग फुटबलको फाईनलमा सेभिया पुग्न सफल भएको छ । आईतबार राति सम्पन्न खेलमा म्यान्चेष्टर युनाईटेडलाई २–१ अन्तरले पाखा लगाउदै सेभियाले फाईनल यात्रा तय गरेको हो ।
यो हारसँगै प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडको यस सिजन समेत ठुलो उपाधि जित्ने सम्भावना सकिएको छ । यस सिजनमात्र म्यान्चेष्टर तीन प्रतियोगितामा सेमिफाईनलमा पराजित हुन पुगेको छ ।
सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासंग खेल्नेछ ।