Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुख ढलेर कैलालीमा बस र भरतपुरमा अटो किचिदा एकको मृत्यु, ६ घाइते

रुख ढलेर कैलालीमा बस र भरतपुरमा अटो किचिदा एकको मृत्यु, ६ घाइते

  • शुक्रवार, जेठ ६ २०७९

  • 749
    SHARES

  • रुख ढलेर कैलालीमा बस र भरतपुरमा अटो किचिदा एकको मृत्यु, ६ घाइते

    काठमाडौं – हावाहुरीले रुख ढल्दा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिदा ६ जना घाइते भएका छन् । एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले भरतपु-११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा १ जनाको मृत्यु हुनुका साथै अर्का एक जना १ जना घाइते भएको जानकारी दिए । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइते र मृतकको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

    यसैगरी कैलालीको लम्किचुहा-८ स्थित गप्कामा हावाहुरीपछि रुख ढल्दा बस किचिएको छ । गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिन पुगेको थियो । सो घटनामा ५ जना यात्रु घाइते भएका छन् भने उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ ।

    यसैबीच आजै चितवनको नारायण पुल नजिक पनि हावाहुरीले ट्रक पल्टिदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ देशका विभिन्न स्थानमा एकाएक तीव्र हावाहुरीसहित वर्षा भएको थियो ।


    शुक्रवार, जेठ ६ २०७९०८:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij