Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बलात्कृत युवतीका घरमा प्रहरी, पक्राउ गर्न ढिलाई किन ?

बलात्कृत युवतीका घरमा प्रहरी, पक्राउ गर्न ढिलाई किन ?

  • शुक्रवार, जेठ ६ २०७९

  • 575
    SHARES

  • बलात्कृत युवतीका घरमा प्रहरी, पक्राउ गर्न ढिलाई किन ?

    काठमाडौं – सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरी मोडल एजेन्सी सञ्चालकले ‘बलात्कृत’ गरेको आरोप लगाउने युवतीको घटना संसदसम्म पुगेको छ । प्रतिनिधिसभा सदस्यहरुले आजको संसद बैठकमा पीडित भनिएकी युवतीले न्याय पाउनुपर्ने भन्दै आवाज उठाएका छन् । बैठकमा सांसद गगनकुमार थापाले घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गर्नुभएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ ।

    पछिल्लो समय यस्ता प्रकृत्तिका घटनाहरु बाहिरिन थालेका छन् । केही समय अगाडि एउटा गायिकाले नायकसँगको सम्बन्ध बाहिर ल्याउँदा ती नायक काराबासको जीवन व्यतित गरिरहेका छन् । प्रहरीलाई पनि घटनाको वास्तविकता पत्ता लगाउन र सत्यतथ्य बाहिर ल्याउन निकै मेहनत गर्नुपर्ने देखिएको छ । आठवर्ष अगाडिको घटना अहिले बाहिर आउँदा केही समस्या देखिएपनि प्रहरीले अनुसन्धान शुरु गरिसकेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केशीको भनाइ छ ।

    यो मुद्धालाई हेरेर अधिवक्ताहरुले पनि विमर्श थालेका छन् । सर्वोच्च अदालतले हदम्याद मात्रै नहेरी यस्तो मुद्धामा पीडितको शारिरिक र मानसिक अवस्थाबारे बुझी छानबिन गर्नुपर्ने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको माग छ । पीडितले सामाजिक सञ्जालमा आफ्नो पीडा प्रस्तुत गरिसकेपछि छानबिन अगाडि बढ्नुपर्ने उहाँको तर्क छ ।

    बलाकृत भएको आरोप लगाउने पीडित युवती बस्ने घरमा आज प्रहरी पुगेको छ । काठमाडौंको पेप्सिकोलास्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान युवतीको घरमा पुगेका हुन् । टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छिन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भाग–१ देखी भाग–२० सम्मको भिडियोमार्फत् उनले आफूमाथि हिंसा भएको भन्दै कारवाहीको माग गरेकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न तीब्र दबाब दिएका छन् ।


    शुक्रवार, जेठ ६ २०७९०८:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij